कांग्रेस सुदूरपश्चिम सभापति बलायर भन्छन्–यो समानान्तर गतिविधि होइन

काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र मतभेद उत्पन्न भएको बेलामा समानान्तर गतिविधि गर्‍यो भन्नु उपयुक्त नहुने बताएका छन् ।

देउवा–कोइराला समूहको केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकमा सहभागी हुन महाराजगञ्जमा पुगेका बलायरले सञ्चारकर्मीहरूसँग सभापति बलायरले भेला र छलफल गर्नु अधिकारको कुरा भएको बताए ।

उनले पार्टीको आन्तरिक एकताका लागि दुवै पक्षलाई चिन्तन गर्न र वास्तविकता स्वीकार गरेर अघि बढ्न आग्रह समेत गरे । बलायरले भने, ‘हिजो व्यक्तिगत रुपमा यस्ता गतिविधि हुनविधि हुन्थे । अहिले नेताहरूले सामुहिक रुपमा गर्नुभएको हो।’

आफूहरू विशेष महाधिवेशनबाट आएको समितिभन्दा बलियो रहेको उनको भनाइ थियो । ‘हामी बलियो छौं, आधिकारिकता पुष्टि गरेर मात्र पुग्दैन। यो समय दुवै पक्षले चिन्तन गर्ने बेला हो,’ बलायरले भने ।

बलायरले बल प्रयोग गरेर वा कसैलाई कमजोर देखाएर पार्टी बलियो नहुने बताए । ‘कसैलाई खुल्याएर कोही बलियो हुने अवस्था छैन। सबै खुइलिएको अवस्था छ,’ बलायरले भने ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.