इरान र अमेरिकाबीच दुई हप्ता युद्धविरामको सहमति

काठमाण्डौँ  : अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम भएको छ । पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका युद्धविरामको निष्कर्षमा पुगेका हुन् ।
इरानको सर्वोच्च सुरक्षा परिषदले अमेरिकासँग दुई साताको युद्धविराम भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विज्ञप्तिमा इरानका सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि युद्धविराम भएको भनिएको छ । यसलाई इरानले आफ्नो जितका रूपमा व्याख्या गरेको छ ।

युद्धविराको सहमतिसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि २ साताका लागि हमला रोकेको घोषणा गरेका छन् । इरानले तुरुन्तै होर्मुज जलमार्ग खोल्ने सर्तमा दुई हप्ताको लागि बम विष्फोट र आक्रमण स्थगित गर्न सहमत भएको उनले उल्लेख गरेका छन् । दुई देशहरूबीचका सबै विवादास्पद मुद्दाहरूमा सहमति भएको छ।

सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ।ु यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै फेरि कहिल्यै नफर्किने गरी समाप्त पारिदिने धम्की दिएका थिए ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको राजधानी इस्लामाबादमा थप वार्ता हुने बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.