कांग्रेस सुदूरपश्चिमका नेताहरूको काठमाण्डौँमा भेला, क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय

धनगढी  : नेपाली कांग्रेस सुदूरपश्चिमका काठमाडौंमा उपलब्ध नेता–कार्यकर्ताहरूको भेलाले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेको छ ।

१५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरिसकेको र पार्टी लेबी पनि बुझाइसकेकाले अब सदस्यता अद्यावधिक नगर्ने निर्णय भएको एक नेताले बताए । बिहीबार सुदूरपश्चिमका नेताकार्यकर्ताको भेला काठमाडौंको आनन्दभूमि इभेन्ट भेन्यु नयाँबानेश्वरमा बसेको थियो । भेलाबाट नेताहरूले सुदूरपश्चिमका कांग्रेस क्रियाशील सदस्यहरूलाई सदस्यता अद्यावधिक नगर्नरनगराउन अनुरोध पनि गरेका छन् ।

भेलामा कांग्रेस सुदूरपश्चिमका प्रदेश सभापति वीरबहादुर बलायर, पूर्व केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक, नैनसिंह महर, डा। रणबहादुर रावल, नृप वड, सुशीला मिश्र भट्ट, गोविन्दबहादुर शाह, विद्या तिमल्सिना सहभागी थिए ।

यस्तै पूर्व आमन्त्रिक केन्द्रीय सदस्य आनन्द विष्ट, कञ्चनपुर कांग्रेसका जिल्ला सभापति पदम बोगटी, कैलाली कांग्रेसका जिल्ला सभापति नारायण भट्ट, डोटी कांग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउँद र बझाङ जिल्ला सभापति खडक बोहरा पनि भेलामा सहभागी थिए ।

यस्तै पूर्वसांसद अक्कल विष्ट, बाजुरा कांग्रेसका पूर्व जिल्ला सभापति कविराज पण्डित, कञ्चनपुर कांग्रेसका जिल्ला उपसभापति मीनबहादुर सिंह, महासमिति सदस्यहरू डा. उत्तरबहादुर ऐर, पुष्पकुमार शाही, गणेश विष्ट, नेपाल विद्यार्थी संघ सुदूरपश्चिमका अध्यक्ष कपिल केसी, नेविसंघका केन्द्रीय सदस्य रमेश कुँवरलगायतका नेता पनि सहभागी थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.