अत्तरिया : नेकपा एमाले कैलालीको चुरे गाउँ कमिटी सचिवालय सदस्य गणेश नाथ योगी रास्वपा प्रवेश गरेका छन् । अनेरास्ववियु सुप विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष समेत रहेका योगीलाई शनिवार अत्तरियामा आयोजित गोदावरी नगर कमिटिको प्रथम नगर अधिवेशनमा पार्टीका केन्द्रिय संगठन विभाग सदस्य कविन्द्र ठकुल्लाले पार्टी प्रवेश गराएका हुन् ।