रास्वपा गोदावरी नगर समितिको नेतृत्वमा आशिष धामी

अत्तरिया  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिको सभापतिमा आशिष धामी चयन भएका छन् । शनिबार अत्तरियामा सम्पन्न प्रथम नगर अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

उपसभापतिमा गंगादत्त जोशी (जीडी) चयन भएका छन् भने सचिवमा रमेश कुमार ओली चयन भएका छन् । त्यसैगरी सहसचिवमा भिष्मा खड्का र कोषाध्यक्षमा रेवन्ती धामी ठगुन्ना चयन भएका छन् ।
खुला सदस्यहरूमा मान बहादुर विष्ट, सुरज ओझा, नन्दराम राना, सिताराम कठायत र गोविन्द रोकाया चयन भएका छन् । महिला सदस्यतर्फ सरस्वती कुमारी विष्ट ऐर, मेनुका बम ऐर, पार्वती देवी भण्डारी, उर्मिला अधिकारी र लक्ष्मी विक चयन भएका छन् ।

नवगठित कार्यसमितिले अधिवेशनलगत्तै शपथ ग्रहणसमेत गरेको छ । नयाँ नेतृत्वले संगठन सुदृढीकरण र स्थानीय तहमा पार्टी विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.