ओलानीको गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहिलो साधारण सम्पन्न

अत्तरिया  : गोदावरी नगरपालिका वडा नं ११ ओलानी को गोदावरी १,२,३ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहिलो साधारण सभा सम्पन्न भएको छ।
खानेपानीका अध्यक्ष गंगा राम कामीको सभापतित्वमा आयोजित सभाको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले गरेकी हुन । यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं ११ को वडाध्यक्ष प्रेम सिँह बडेला, १२ का वडाध्यक्ष भिम बहादुर खड्का, १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डू) रहेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद देवकोटाले संस्था सफल र फलदायी बनाउन समिति एकजुट, जिम्मेवार र बलियो हुन आवश्यक रहेको बताइन। उनले संस्थाको दिगो विकास तथा प्रभावकारी सेवा प्रवाहका लागि समितिका पदाधिकारी र सदस्यहरूबीच आपसी सहकार्य, समन्वय र पारदर्शिता अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।

सांसद देवकोटाले संस्थामा देखिएका कमी–कमजोरी सुधार गर्दै सकारात्मक सल्लाह र सुझावका आधारमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउदै उपभोक्ताको हितलाई केन्द्रमा राखेर संस्थाको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइन्।

२०७२ सालमा स्थापना भएको खानेपानीले गोदावरी नगरपालिका वडा नं. १०, ११ र १२ का ८ सय ५० जना उपभोक्तालाई नियमित रूपमा शुद्ध खानेपानी वितरण गरिरहेको खानेपानीका अध्यक्ष गंगा राम कामीले जानकारी दिए।

अध्यक्ष कामीले विशेष गरी ओलानी क्षेत्रमा खानेपानीको पहुँच न्यून तथा दयनीय अवस्था रहेका बस्तीमा समेत खानेपानी सेवा विस्तार गरी स्थानीयको दैनिक जीवन सहज बनाइएको बताए। उक्त क्षेत्रमा अझै खानेपानी सेवाबाट वञ्चित रहेका करिब ४० देखि ५० घरधुरीसम्म क्रमशः पाइपलाइन विस्तार गरी सेवा पुर्‍याउने योजना रहेको जानकारी दिए।

सभामा खानेपानीको कोषाध्यक्ष सुर्जा देवी कडायतले प्रस्तुत गरिएको प्रतिवेदन अनुुसार उक्त खानेपानीको आर्थिक वर्ष २०८१/०८२ सम्ममा ५१ लाख बराबरको कारोवार गरीएको उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.