डडेल्धुरामा सशस्त्र प्रहरी जवान सहित दुईजनाको शव फेला

डडेल्धुरा  : डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन् ।

बेपत्ता भएपछि महाकाली किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकोमा हराएका दुवै जनाको खोजी कार्य चलिरहेकोमा सोमबार फरक–फरक स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.