धनगढी : कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–६ बागमाराका २५ वर्षीय अर्जुन भुलको करेन्ट लागेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
भुललाई तराइला नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि भल्का अस्पताल, लम्की लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।