अत्तरियामा वडा स्तरीय खुला भलिवल प्रतियोगिता, उद्घाटनको पहिलो खेल आयोजक (बि) टिम विजयी

अत्तरिया  : गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया को न्यू सृजनशील युवा क्लबको आयोजनामा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता २०८३ शुरु भएको छ । खेलकुद विकासलाई मध्यनजर गर्दै क्लबद्वारा आयोजित शुक्रबार देखि शुरु भएको प्रतियोगिताको गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्टले उद्घाटन गरेका हुन् ।

उद्घाटनको पहिलो दिनको खेल आयोजक क्लब (बि) टिम र गोदावरी नगरपालिका वडा नं ९ बल्मी युवा क्लव बिच भएको थियो । २५ पोइन्टको ३ सेट खेलाइएको प्रतियोगीता पहिलो दिनको खेलमा आयोजक ले जितेको छ । खेलको पहिलो सेट आक्रमक रुपमा खेल प्रदर्शन गर्दै जित हासिल गरेको आयोजक क्लवले दोस्रो सेट हारेको थियो । तेस्रो सेटमा आयोजक (बि) टिमले बल्मीलाई २१ मा जाम गरेर प्रतियोगिताको पहिलो दिनको खेल जित्न सफल भएको छ ।

यस्तै शनिवार हुने बिहान ८ बजेको प्रतियोगीताको पहिलो खेल आयोजक (ए) टिम र गोदावरी नगरपालिका १० नं वडा बिच रहेको छ । भने दोस्रो खेल विहान १० बजे टिम बुढीतोला र हाटखोली बिच हुने आयोजकले जनाएको छ । खेल नक आउट चरणमा खेलाइरहेको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । तिन दिन सम्म संचालन हुने भलिबल प्रतियोगिताको विजेता टिमलाई २५ हजार र उपविजेता टीमलाई १५ हजार पुरस्कार तोकिएको छ । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाईउचित पुरस्कारको व्यवस्था गरीएको आयोजकले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.