रास्वपाको जिल्ला अधिवेशन आजदेखि

अत्तरिया  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्दै छ। पार्टीले संगठन विस्तार र नेतृत्वलाई निर्वाचित संरचनामा लैजाने उद्देश्यसहित अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया अघि बढाएको हो।

रास्वपाले हालसम्म देशका ७७ वटै जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ। पछिल्लोपटक डोल्पा जिल्लामा तदर्थ समिति गठन भएपछि सबै जिल्लामा संगठनात्मक संरचना विस्तार भएको पार्टीले जनाएको छ।

 

रास्वपाले जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन सुदृढीकरण, स्थानीय तहसम्म पार्टी संरचना विस्तार तथा आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

जिल्ला अधिवेशनलाई पार्टीको संगठनात्मक मजबुती र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। अधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी दिनमा पार्टीका गतिविधिलाई जिल्ला तहमा थप सक्रिय र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.