रास्वपा कैलाली–४ को सभापतिमा दुर्गा प्रसाद अधिकारी निर्वाचित

अत्तरिया  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली क्षेत्र नं. ४ को सभापतिमा गोदावरी नगरपालिका अत्तरियाका युवा नेता दुर्गा प्रसाद अधिकारी निर्वाचित भएका छन्।
आइतबार सम्पन्न अधिवेशनबाट दूर्गा अधिकारी कैलाली क्षेत्र नं ४ को सभापतिमा निर्वाचित भएका हुन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका अधिकारी युवामाझ लोकप्रिय र भरोसायोग्य नेतृत्वका रूपमा परिचित छन्।

अधिकारीले जनताको विश्वास, पार्टीको नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै क्षेत्रको विकास, सुशासन, पारदर्शिता र समृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

रास्वपा गोदावरी नगरपालिका उपसभापति गंगादत्त (जीडी) जोशीले पार्टी संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउन जनताका समस्या समाधान तथा युवाहरूको सक्रिय सहभागिता वृद्धि गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको बताएका छन्।

उनले कैलाली निर्वाचन क्षेत्र नं. ४ मा दुर्गा प्रसाद अधिकारीको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनको निर्वाचनले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

दुर्गा प्रसाद अधिकारीको नेतृत्वमा रास्वपा कैलाली–४ ले संगठन सुदृढीकरणसँगै विकास, सुशासन र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। स्थानीय तहदेखि क्षेत्रीय स्तरसम्म पार्टीको प्रभाव विस्तार गर्न उनको नेतृत्व महत्वपूर्ण हुने पार्टी कार्यकर्ताहरूको विश्वास छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.