बाजुरा : बाजुराको लाम्पाटामा स्थापना गरिएको संयुक्त अस्थायी सुरक्षा बेसमा हेलिकोप्टरबाट सामान पु¥याइएको छ ।
बुधबार श्री एयरलाइन्सको हेलिकोप्टरबाट सशस्त्र प्रहरीका सामान ढुवानी गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट पठाइएको सामान बाजुरा गुल्मबाट बुधबार लाम्पाटा पु¥याइएको जनाइएको छ ।
गत जेठ ३१ गते सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको थियो ।
बुधबार नै नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयबाट बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगबिजय सुवेदी लाम्पाटा पुगेरका हुन् । उनले तैनाथ सुरक्षाफौजको कामकारबाहीबारे जानकारी लिएका छन् । बाजुरा र हुम्लाको सीक्षा क्षेत्रमा केही दिनदेखि सीमालाई लिएर विवाद भएको छ । त्यसलाई मध्यनजर गरेर गत जेठ २७ गते सशस्त्र प्रहरीको टोली लाम्पाटामा खटाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
सम्बन्धित पाेस्टहरु