अत्तरिया : यामाहा नेपालको आधिकारिक वितरक एम ए डब्लु ग्रुप अन्तर्गतको अधिकृत डिलर शुभकोटी मोटर्स अत्तरियाले ग्राहकलाई लक्षित गर्दै विशेष “यामाहा बेस्ट एक्सचेन्ज” अभियान सञ्चालन गरेको छ ।
असार ७ गते (आज) देखि १२ गतेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत जुनसुकै अवस्थाका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ यामाहा खरिद गर्न चाहने ग्राहकहरूले विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । “अझै ज्यादा, अझै धेरै” नारासहित सञ्चालन गरिएको अभियानमा पुराना दुई पाङ्ग्रे सवारीको उच्च मूल्यांकन, आकर्षक नगद छुट, ५ हजार रुपैयाँ सम्मका निःशुल्क सामग्री, स्पट एक्सचेन्ज तथा सहज फाइनान्स सुविधा अत्तरियाको सुभाकोटी मोटर्सले उपलब्ध गराइएको छ ।
अभियान अवधिभर ग्राहकहरूले शुभकोटी मोटर्स। भएको स्थान धनगढी रोड अत्तरियामा पुगेर विभिन्न अफर तथा सुविधाहरूको लाभ लिन सक्नेछन् । सीमित अवधिका लागि सञ्चालन हुने यस अभियानमा सहभागी भई विशेष अवसरको फाइदा उठाउन कम्पनीले सम्पूर्ण ग्राहकहरूलाई आग्रह समेत गरेको छ ।
सुभकोटी मोटर्सका संचालक समुन्द्र भण्डारीले अभियानको अर्को प्रमुख आकर्षण “यामाहा लैजाऔँ घरमा, नागरिकता कै भरमा” योजना रहेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले न्यून कागजी प्रक्रिया पूरा गरी सहज रूपमा फाइनान्स सुविधा प्राप्त गर्न सक्ने जानकारी दिए भने एमएडब्लु इजी फाइनान्सको सहकार्यमा उपलब्ध यस योजनाले नयाँ यामाहा खरिद प्रक्रिया अझ सरल र सहज बनाउने विश्वास गरिएको छ ।
त्यसैगरी अभियान अवधिभर नयाँ यामाहा खरिद गर्ने ग्राहकहरूले २ वर्ष ट्याक्स फ्री तथा ५ वर्ष राइड फ्री जस्ता विशेष सुविधा पनि प्राप्त गर्नेछन्, जसले ग्राहकलाई थप बचत र मूल्य प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यामाहा नेपालले नेपाली ग्राहकहरूको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै समयानुकूल तथा ग्राहकमैत्री योजनाहरू सञ्चालन गर्दै आएको छ । ‘बेस्ट एक्सचेन्ज’ अभियान मार्फत कम्पनीले पुरानो सवारीबाट नयाँ यामाहामा सहज रूपमा स्तरोन्नति गर्ने अवसर प्रदान गर्नुका साथै उत्कृष्ट प्रविधि, आकर्षक डिजाइन, उच्च प्रदर्शन तथा विश्वसनीयताको अनुभव दिलाउने लक्ष्य राखेको जनाएको छ ।