उपभोक्ताको सहजताका लागि ‘अत्तरिया खानेपानी’ एप

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका अत्तरिया स्थित अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ‘अत्तरिया खानेपानी’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।

एपमार्फत उपभोक्ताले खानेपानीको खपत, बाँकी रकम, बिल तथा भुक्तानी विवरण, मिटर रिडिङ, भुक्तानी मिति तथा संस्थाका सूचना सहजै प्राप्त गर्न सक्नेछन्।

सहज, छिटो र सुरक्षीत सेवाका लागी अत्तरिया खानेपानी एप प्रयोग गर्न अनुरोध साथै एपबाट सबै सेवा तथा जानकारी उपलब्ध हुने संस्थाका महा सचिव धर्म सिंह कुँवरले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.