अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागी निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले कार्यक्रमको उद्घाटन गरे सँगै विद्यालयले एक महिना सम्म विद्यार्थीहरूलाई निःशुल्क कपाल काट्ने तालिम उपलव्ध गराएको जनाएको छ।
तालिममा सहभागी २५ जना विद्यार्थीहरूलाई सीपमूलक शिक्षा प्रदान गर्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने विद्यालयको उद्देश्य रहेको बताए। यस पश्चात पनि विद्यालयले विद्यार्थीहरूलाई तालिम प्रदान जसमा बाजागाजा (ब्यान्ड) निर्माण गर्ने, दुना टपरी उत्पादन , गार्डेन व्यवस्थापन लगायत थुप्रै सीप विकास तालिम सञ्चालनलाई एक पछी अर्को निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
एक महिने तालिम संञ्चालन सम्म विद्यार्थी, अभिभावक लगायत सम्पूर्ण व्यक्तित्वहरुले विद्यार्थीहरूद्वारा निःशुल्क कपाल काट्न सक्ने उनले जानकारी दिए । विद्यालयले विभिन्न तालिम प्रदान बाट नुमुनाको रुपमा पेश गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे ।
यस्तै विद्यालयका प्रधानाध्यापक विर सिंह महताले यस कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययन सँगै व्यावसायिक सीप हासिल गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास लिइएको बताए। यस तालिम बाट दक्ष भइसके पछी यस क्षेत्रमा काम गर्न, व्यवसाय गर्न चाहने विद्यार्थीहरुलाई विद्यालयले सहयोग गर्ने उनले बताए।
विद्यार्थी रुपेश कुमार बस्यालले पढ्दै कमाउँदै कार्यक्रम मार्फत विद्यार्थीहरुलाई शिप विकास सँगै स्वरोजगाररव्यवसायी तर्फ प्रोत्साहित गर्न विद्यालयले कपाल काट्ने तालिम सञ्चालन गरेको बताए।
