स्वास्थ्य कार्यालय कैलालीद्वारा सडक दूर्घटना न्यूनीकरण गर्न छाडा पशु चौपायालाई रिफ्लेक्टिङ बेल्टको प्रयोग

अत्तरिया  : स्वास्थ्य कार्यालय कैलालीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको रिफ्लेक्टिभ बेल्ट अभियानलाई निरन्तरता दिएको छ। कार्यालयले गोदावरी नगरपालिका–अत्तरिया देखि गौरीगङ्गा नगरपालिका–चौमाला सम्मका सडक क्षेत्रमा रहेका छाडा चौपाया रिफ्लेक्टिङ् बेल्ट लगाइएको छ।
स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मिन धामीका अनुसार फाल्गुन महिनादेखि सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत हालसम्म सडक क्षेत्रमा रहेका करिब ५ सय ५० वटा छाडा पशुमा रिफ्लेक्टिङ बेल्ट लगाइएको बताए।

विशेषगरी रातिको समयमा सडकमा रहेका पशुहरू सवारी चालकले सहजै देख्न सकून् र सम्भावित दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको धामीले बताए। उनका अनुसार यस अभियानले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नुका साथै सडकमा रहेका छाडा पशुको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस्तै स्वास्थ्य कार्यालय कैलालीले आगामी आर्थिक वर्षमा पनि सडक दुर्घटना जोखिम न्यूनीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, सडकमा छाडा पशु व्यवस्थापनको दीर्घकालीन समाधानका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षहरूले आवश्यक ध्यान दिई प्रभावकारी व्यवस्थापनका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.