अत्तरिया उद्योग वाणिज्य संघको महासचिवमा गोकुल भट्टको उम्मेदवारी घोषणा, व्यापारी हितमा काम गर्ने प्रतिबद्धता
अत्तरिया : युवा व्यवसायी गोकुल भट्टले अत्तरिया उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा महासचिव पदका लागी उम्मेदवारी दिने तयारी गरेका छन्।
लामो समयदेखि व्यापार क्षेत्रमा सक्रिय भट्ट हाल पार्वती ट्रेडिङ एण्ड सप्लायर्स सञ्चालन गर्दै आएका छन्। व्यापारिक परिवारबाट आएका उनले व्यवसायिक अनुभवका आधारमा संघमार्फत व्यापारीहरूको हकहित, कर प्रणाली, भ्याटलगायतका समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सरल स्वभाव र स्पष्ट वक्ताका रूपमा परिचित भट्टले संघलाई प्रभावकारी र गतिशील बनाउँदै संस्थाको गरिमा उकास्ने लक्ष्य रहेको बताएका छन्।
्
असार २७ र २८ गते हुने चुनावी साधारण सभा तथा निर्वाचन नजिकिँदै जाँदा संघको चुनावी गतिविधि तीव्र बन्दै गएको छ। औपचारिक प्यानल घोषणा हुन बाँकी रहे पनि विभिन्न उम्मेदवारले व्यापारीसँग भेटघाट र चुनावी अभियानलाई सक्रिय बनाएका छन्। भट्ट पनि व्यापारीसँग संवाद गर्दै आफ्नो पक्षमा समर्थन जुटाउन व्यस्त छन्।