अत्तरिया : नेपाली काग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । ४४ औं बीपी स्मृतिदिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको वृहत् बैठकलाई सम्वोधन गर्दै सरकारको कार्यशैलीको आलोचना गरेका हुन् ।
बी.पी. कोइरालाले राणा प्रधानमन्त्रीलाई नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकारलाई अब कसैले रोक्न सक्दैन भनेर उसबेला दिएको जवाफको स्मरण गर्दै भने – पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडि तेस्र्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पु¥याउने कुनै अधिकार राज्यले राख्दैन ।’
सभापति थापाले गाडी तेस्र्याउन आएकाहरु सरकारी गाडी चढेर फर्केको स्थानीय नागरिकबाट जानकारी पाएको उल्लेख गर्दै सुकुम्वासी समस्या र गणेश नेपालीको आत्मदाहको अवस्थाबारे दल र मिडियाले प्रश्न उठाउन थालेपछि राज्यले यो व्यवहार गरेको बताए । उनले सुकुम्वासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रष्ट पार्दै कानूनले दिएको निकास नखोजेर सरकार आफैंले समस्या सिर्जना गरेको बताए। सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नु पर्नेमा मानव जीवनको रक्षाबाट विमु्ख र करुणाविहीन भएको उल्लेख गरे ।
सभापति थापाले २०८३ श्रावण ६ गते पार्टीको जरा अभियान सम्पन्न भए लगत्तै साउन ७ गतेको कार्यक्रमबाट भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्ने जानकारी पनि गगराएका छन् । नेपाली कांग्रेस कुनै घटनापछि प्रतिक्रिया जनाउने पार्टीका रुपमा नरहने बरु सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा क्रियाशील रहेको उनको भनाई छ ।
पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले साउन ६ गते पार्टीका तर्फबाट पाँच किलोमिटरको ग्रिन रन, चित्रकला र सम्वाद कार्यक्रम हुने जानकारी गराए। नेपाली कांग्रेसले यो वर्षको बी.पी. पुण्यतथिमा जलवायु परिवर्तन र यसका प्रभावमा केन्द्रीत रहेर यी कार्यक्रम गर्न लागेको उनको भनाई छ ।