सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

काठमाडौं  : कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा प्रहरीले गोली चलाएको छ। बजार क्षेत्रमा दुई समुदायबीच बढेको तनाव नरोकिने देखिएपछि प्रहरीले गोली चलाउँदा एकजना युवकको ज्यान गएको छ।

गोलबजारमा गोली लागेर ज्यान गुमाएका युवक गणेश यादव रहेको जनाइएको छ । उनको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ। प्रहरीले हानेको गोली लागेर अन्य केही व्यक्ति गम्भीर घाइते भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.