गोदावरीमा प्रहरीद्वारा गाँजाका बोट नष्ट

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा आफैं उम्रिएका गाँजाका बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराको कमाण्डमा खटिएको २५ जनाको प्रहरी टोलीले आइतबार गोदावरी नगरपालिका क्षेत्रमा गाँजाका बोट फडानी गरेको हो ।

प्रहरीका अनुसार अत्तरिया–महेन्द्रनगर सडकखण्डको छेउमा रहेको खाली (बाँझो) जमिनमा आफैं उम्रिएका करिब १५० देखि २०० वटा गाँजाका बोट फेला परेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.