काठमाडौं : भोटेकोसी बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका रसुवाको इलाका प्रहरी कार्यालय कालिकास्थानमा कार्यरत प्रहरी निरीक्षक रमेश राय यादव सम्पर्कमा आएका छन्।
यादवले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफू सकुशल रहेको जानकारी दिँदै बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिरहेको बताएका छन्।
रसुवामा विगत दुई दिनदेखि नेटवर्कमा समस्या रहेकाले नियमित सम्पर्क हुन नसकेको उनले बताएका छन्। नेटवर्क अझै स्थिर नभएको र उद्धार कार्यमा व्यस्त रहँदा फोन तथा सन्देशको जवाफ दिन नसकेको भन्दै उनले क्षमासमेत मागेका छन्।
‘फोन रिसिभ गर्नसमेत समय पर्याप्त नभएर यहाँहरूको कल, म्यासेजको रेस्पोन्स गर्न पाएको छैन,’ उनले लेखेका छन्।