कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिवार घरको छतमाथिको रेलिङ मर्मतको क्रममा करेन्ट लागेर शुक्लाफाँटा नगरपालिका –१० झलारीका अन्जाती ३६ वर्षीय विक्रम चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, छतमा रहेको रेलिङ झिक्ने क्रममा सडक छेउबाट तानिएको विद्युतीय तारमा छुँदा करेन्ट लागेर चौधरी गम्भीर घाइते भएका थिए ।