कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि थप्यो पाँच दिन

काठमाडौँ । नेपाली कांग्रेसले छुट भएका क्रियाशील सदस्यलाई सदस्यता नवीकरण तथा अद्यावधिक गर्न थप पाँच दिनको समय दिएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले भदौ १५ देखि १९ गतेसम्म क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सकिने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पार्टीको वृहत्तर हित, एकता तथा क्रियाशील सदस्यहरूको अनुरोधलाई ध्यानमा राख्दै नवीकरण तथा अद्यावधिक गर्न छुट भएका सदस्यका लागि समयावधि कायम गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.