लम्कीमा माइक्रोबसको ठक्करबाट १५ वर्षीया युवतीको मृत्यु

धनगढी  : कैलालीको लम्कीचुहा नगरपालिका– ८, गप्कामा माइक्रोबसको ठक्करबाट १५ वर्षीया युवतीकाको मृत्यु भएको छ । बिहीबार बिहान बाटो काट्ने क्रममा माइक्रोबसले ठक्कर दिँदा स्थानीय स्वस्तिका न्यौपानेको मृत्यु भएको हो ।

माइक्रोबसको ठक्करबाट घाइते भएकी उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सु.प.प्र. ०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले न्यौपानेलाई ठक्कर दिएको थियो । घटनापछि माइक्रोबसका चालक प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले कारवाही र क्षतिपुर्तीको माग सहित राजमार्ग समेत अबरुद्ध गरेका छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.