काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा बैठक जारी रहेकै समयमा ढलेका छन् । आज बिहीबार आफ्नो बोल्ने समयमा बोलेर सिटमा रहेका खड्का बसेकै ठाउँमा ढलेका हुन् ।
त्यसपछि संसद् भवनमै उनको स्वास्थ्य जाँच गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य नै देखिएकाले आराम गरिरहेका छन् ।