अत्तरिया कृषि सहकारी संस्थाकाे ११औँ साधारण सभा,७ करोड १६ लाख आर्थिक कारोबार , १६ लाख ८ हजार मुनाफा
सदस्यहरूलाई विभिन्न विधामा सम्मान सहित पुरस्कार वितरण
अत्तरिया:- सहकारी मार्फत् दिगो कृषी उत्पादन र आर्थिक विकास हाम्राे अभियान उद्देश्यले स्थापना गरेको कैलालीको गोदावरी नगरपालिका बनखेतमा रहेको अत्तरिया कृषि सहकारी संस्थाले ११औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।
शनिबार संस्थाका अध्यक्ष देव बहादुर साउँदको सभापतित्वमा आयोजीत साधारण सभाका प्रमूख अतिथी शेयर सदस्य गम्भीर साउँद रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमूख अतिथि गम्भीर साउँदले संस्थाले छोटो समयमै उल्लेखनीय प्रगति गरेको बताए। उनले कृषि क्षेत्रमा सक्रिय शेयर सदस्यलाई सहुलियतमा ऋण प्रवाह गर्दै कृषि तथा व्यापार व्यवसायमा प्रोत्साहन गरिरहेको बताए।

सभामा संस्थाकाे प्रगती प्रतिवेदन प्रस्तुत अध्यक्ष देव बहादुर साउँदले गरेका थिए। लेखा समिति प्रतिबेदन प्रस्तुत संयाेजक नन्द राज भट्टले प्रस्तुत गरेका थिए। संस्थाकाे आय व्यय प्रतिवेदन प्रस्तुत संस्थाकी प्रबन्धक सक्रान्ति भट्टले गरेकी थिइन्।
प्रतिवेदन प्रस्तुत अनुसार २०७३ सालमा ३३ जना शेयर सदस्यहरु मिलेर ५ लाख ४० हजार कारोबार बाट सञ्चालन गरेको संस्थामा आर्थिक वर्ष २०८२/०८३ मा आइपुग्दा ८ सय ५५ जना शेयर सदस्यहरु पुगेका छन्। भने संस्थाको कुल शेयर पूंजी ८९ लाख ५० हजार ९ सय रहेको छ। यस्तै संस्थाले यसबर्ष ७ करोड १६ लाख ६६ हजार ४३३ रुपैयाँको आर्थिक कारोबार गरेको छ। संस्थाले गरेको कारोबार बाट यस वर्ष १६ लाख ८ हजार ९९ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। यस्तै संस्थाले आ व २०८२/०८३ मा निक्षेप तर्फ ४ करोड ३५ लाख ५४ हजार ६७४ रुपैयाँ बचत संकलन गरेको छ। भने कर्जा तर्फ ५ करोड ५६ लाख ६६ हजार ५२७ रुपैयाँ ऋणमा लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै सभामा लेखा समिति संयाेजक नन्द राज भट्टले संस्थाले वित्तीय अनुशासन कायम गरेको भन्दै सदस्यहरूको हितको लागि व्यवस्थित भएर संस्था संचालन हुदै आइरहेको दावी गरेका छन्। कृषि, व्यापार लगायत सस्थाको नियम बमोजिम अन्य ऋणहरूमा समेत पुरानो ब्याज दर घटाएर सदस्यहरूलाई पायक पर्ने उचित ब्याजदरमा सुबिधा उपलब्ध गराएको जानकारी दिएका छन्।

विभिन्न विधामा सम्मान सहित पुरस्कार वितरण:

संस्थाले साधारण सभाको अवसर पारी जेष्ठ नागरिक शेयर सदस्य राम प्रशाद रिजाललाई सम्मान सहित कम्बल बितरण गरेको छ। यस्तै सस्थाले उत्कृष्ट शैक्षिक पुरस्कार अन्तगर्त +२, एसईई र ८ कक्षाका बिद्यार्थीहरुलाई नगद रु ३ हजार ५ सयको १५% कर कटौति रु २ हजार ९ सय ७५ रुपैयाँ र प्रमाण पत्रबाट नगद सहित सम्मान गरिएको छ। जस अन्तगर्त +२ मा उत्कृष्ट अङक ल्याउने अन्तर्गत शेयर सदस्य अनिता उपाध्यायकी छोरा आशिष उपाध्याय , एसईई मा उत्कृष्ट अङक ल्याउने अन्तर्गत शेयर सदस्य चित्र ब. महतका छोरा खेम ब. महतलाई र ८ कक्षा मा उत्कृष्ट अङक ल्याउने अन्तर्गत शेयर सदस्य रबिन्द्र थापाका छोरी रचना थापालाई नगद र प्रमाण पत्रबाट सम्मान वितरण गरीएको थियो। यस्तै संस्था संग कारोवार गरेका शेयर सदस्यबाट बिभिन्न बिधामा सदस्यहरूलाई छनौट गरी सम्मान गरेको थियाे ।