धनगढी ३ बडहरा चोकमा ५१ औँ हाइमास लाइट उद्घाटन

अत्तरिया  : धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रम र एक वडा एक आर्थिक केन्द्र कार्यक्रम अन्तर्गत धनगढी वडा नम्बर ३ बडहरा चोकमा ५१ औँ हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरा चोकमा जडान गरिएको हाइमास लाइटको वडा नम्बर ३ का अध्यक्ष राज बहादुर ऐरले उद्घाटन गरेका हुन्।

उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा हाइमास लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिइएको छ। सोही अभियानअन्तर्गत वडा नम्बर ३ बडहरा चोकमा जडान गरी हाइमास लाइट जडान गरिएको हो।

व्यस्त तथा सार्वजनिक आवागमनको महत्वपूर्ण क्षेत्र र आर्थिक क्रियाकलाप हुने भएकाले यहाँ हाइमास लाइट सञ्चालनमा आएपछि रातिको समयमा हुने आवागमन तथा सार्वजनिक गतिविधि र व्यवसायीक क्रियाकलापमा सहजता हुने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाले नगरका विभिन्न क्षेत्रलाई थप उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.