धनगढी : नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरा नगदसहित सम्मानित भएकी छन्।
शान्ति सुरक्षा कायम गर्न उत्कृष्ट कार्य गरेको भन्दै बोहरालाई सम्मान गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको आयोजनामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बोहरालाई नगदसहित सम्मान गरेका हुन्। कार्यक्रम प्रहरी नायव निरीक्षक सानुराम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।