गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसका ५० सिट निर्धारण

अत्तरिया  : कैलालीको गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। चिकित्सा शिक्षा आयोगको यो निर्णयसँगै सुदूरपश्चिमका विद्यार्थीले आफ्नै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउने भएका छन्।

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने बाटो खुलेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले विभिन्न चिकित्सा शिक्षा कार्यक्रमका लागि सिट निर्धारण गरेको हो। उपकुलपति डा. सुनीलकुमार जोशीका अनुसार नर्सिङमा २०, बीएस्सी एमएलटीमा १० र बी अप्टोमेट्रीमा १० सिटसमेत प्राप्त भएका छन्।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको चिकित्सा शिक्षा आयोगको २८ औँ बैठकले शैक्षिक सत्र २०८३र०८४ का लागि देशभरका ८४ वटा शिक्षण संस्थामा कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्ने निर्णय गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.