गोदावरी ज्येष्ठ नागरिक समाजको आयोजनामा दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित गोदावरी ज्येष्ठ नागरिक समाजले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार जिल्ला ज्येष्ठ नागरिक संघका अध्यक्ष कुल बहादुर हमालको प्रमुख आतिथ्य तथा गोदावरी ज्येष्ठ नागरिक समाजका अध्यक्ष भोजराज भट्टको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले ज्येष्ठ नागरिकका विभिन्न हक तथा अधिकार रहेकाले तिनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए । दसैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताए । हमालले उनीहरूसँग रहेको अनुभव र ज्ञानबाट राज्यले समेत लाभ लिनुपर्ने बताए ।

त्यस्तै समाजका अध्यक्ष भट्टले ज्येष्ठ नागरिक समाजलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रयासमा आफू रहेको बताए । लामो मेहनत र प्रयासपछि संस्थालाई अहिलेको अवस्थामा पु¥याएको उल्लेख गर्दै
उनले पछिल्लो पुस्तामा ज्येष्ठ नागरिकप्रतिको सम्मान घट्दै गएको महसुस हुन थालेको बताए । उनले ज्येष्ठ नागरिकका अधिकार कानुन तथा विभिन्न व्यवस्थामा सुनिश्चित गरिएकाले तिनको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

गोदावरीका १२ वटै वडाका ज्येष्ठ नागरिकहरुका साथै गौरीगंगाका ज्येष्ठ नागरिकहरु सहभागि कार्यक्रममा शुभकामना आदानप्रदानसँगै भजनकीर्तनसमेत गरिएको थियो । ज्येष्ठ नागरिक समाजका सल्लाहकार सदस्य विश्वनाथ ओझाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन समाजका सचिव भिम बहादुर मल्लले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.