काफली मुडभरा सेवा समाजद्वारा दसैँ–तिहारको शुभकामना आदानप्रदान

धनगढी  : श्री काफली मुडभरा सेवा समाजले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।

डोटीको मुडभरा जन्मथलो भई हाल कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका मुडभरा बन्धुहरूबीच आपसी भाइचारा, एकता र सद्भाव कायम गर्ने उद्देश्यले शनिबार कार्यक्रम आयोजना गरिएको हो।

धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित मिल्सबेरी मन्टेश्वरी स्कुलमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष डम्मरनाथ जोशीले सभापतित्व गरेका थिए।

कार्यक्रमका अवसरमा समाजका आजीवन सदस्य जनकराज जोशीले भारतको महात्मा ज्योतिबा फुले रोहिलखण्ड विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

त्यसैगरी, प्रदीप जोशी नेपालकै प्रतिष्ठित नवजीवन सहकारी संस्थाको महाप्रबन्धक पदमा नियुक्त भएकोमा पनि समाजका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले चाडपर्वले आपसी सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै समाजमा एकता, सद्भाव र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।

समाजका कोषाध्यक्ष युवराज जोशीले सञ्चालन गरेको कार्यक्रममा मुडभरा बन्धुहरूबीच आपसी परिचय, सम्बन्ध विस्तार तथा सामाजिक एकतालाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.