अत्तरिया उद्योग वाणिज्य संघद्वारा दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान

अत्तरिया  : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

संघका अध्यक्ष कमल कडायतको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व अर्थ राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै उनले चाडपर्वले आपसी सम्बन्धलाई थप सुमधुर बनाउने बताए । त्यस्तै संघका अध्यक्ष कडायतले व्यवसायीहरुको हकहितका लागि उद्योग वाणिज्य संघ तत्पर रहेको बताए ।

कार्यक्रममा सहभागीहरूले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.