चौकिडाँडामा दुर्घटना, ४ जना घाइते

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडामा हाइसले २ मोटरसाइकललाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् । अत्तरियाबाट महेन्द्रनगर तर्फ गइरहेको सुप प्र ०२–००१ ज ०६९८ हाइसले अत्तरिया तर्फ आइरहेका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएका हुन ।

घाइते हुनेमा म १ प ५३७१ नम्बरको मोटरसाइकलमा सवार दीपेन्द्र देउवा र उनकी नातिनी ४ वर्षीय दीप्ति देउवा रहेका छन् । यस्तै अर्को से ४ प १६४० नम्बरको मोटरसाइकलमा सवार शिवराज कपाडी र शिवराज काफ्ले घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको अत्तरिया अस्पताल र पदमा अस्पतालमा उपचार भइरहेको छ । हाइस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाइस चालकले अन्धा धुन्दा चलाएका कारण दुर्घटना भएको हाइसमा सवार यात्रुले बताएका छन् । उनीहरूले रोक्न भन्दा पनि नमानेको बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.