गोदावरीमा सूर्योदय सामुदायिक वन भित्र एक महिलाको शव फेला

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–८ स्थित सूर्योदय सामुदायिक वन भित्र एक महिलाको शव फेला परेको छ । बुधवार सामुदायिक वनभित्र शव देखिएको भन्दै स्थानीयले अस्थायी प्रहरी पोस्ट स्याउलेमा जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरकी देखिने महिलाको शव फेला परेको हो ।

शवको कम्मरभन्दा मुनिको भाग, हातमा लगाउने चुरा तथा एउटा झोला घटनास्थलमा भेटिएको छ । शवलाई जङ्गली जनावरले आंशिक रूपमा खाएको प्रहरले जनाएको छ ।

झोलाभित्र महिलाले प्रयोग गर्ने सामग्री तथा ‘प्रिंका जैसवाल’ नाम उल्लेख भएको कागजसमेत फेला परेको जनाइएको छ। तर मृतकको पहिचान पुष्टि नभएको प्रहरीले जनाएको छ ।

शवको जाँच प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.