अत्तरिया : बाजुरामा रहेको पर्यटकीयस्थल बडीमालिकामा हिमपातपछि फसेका एक जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
भारी हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
कार्की बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा रहेका थिए । प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पु¥याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
यस्तै, उनीसँगै रहेका कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा सम्पर्क विहिन रहेका छन । उनको खोजीका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर परिचालन गरिएको छ ।
यही असोज ९ गते सदरमुकाम मार्तडीबाट मनिष र सागर सहित पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । र्किसकेका छन ।