अछाममा बजेट विनियोजन गर्ने सांसद सङ्ग्रौलाको प्रतिबद्धता

अछाम   : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टीका सङ्ग्रौलाले जिल्ला समन्वय समिति अछामको निर्माणाधीन सभाहलको अनुगमन गरेकी छन । आइतबार सदरमुकाम मंगलसैनमा रहेको ५०० क्षमता अट्ने सभाहलको अनुगमन गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको सहरी विकास आयोजनामार्फत २०८१ सालमा निर्माण सुरु भएको सभाहल बजेट अभावका कारण बन्न नसकेको जिल्ला समन्वय समिति अछाम प्रमुख ललित बहादुर कुँवर बताए ।

प्रदेश सरकारको प्राथमिकतामा नपर्ने, सरकार परिवर्तन भइरहँदा बहुवर्षीय आयोजना भएपनि बजेट विनियोजन नभएको सदरमुकाममा १०० जना अट्ने सभाहल नभएकोले कार्यक्रम गर्न समस्या हुने गरेको समन्वय प्रमुख कुँवरले बताए।

मंसिर महिनामा भ्याएसम्म सभाहलका लागि बजेट विनियोजन गर्न पहल गर्ने नभए आउँदो बजेटमा सभाहलका लागि बजेट विनियोजन गर्ने सांसद ज्वाला सङ्ग्रौलाले प्रतिबद्धता जनाइन ।

उनको अछाम जिल्लामा कम्तिमा एउटा सभाहल आवश्यकता भएकोले यो सरकारको प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरिन। अब केही दिनमै भौतिक पुर्वाधारमन्त्री सुनिल लम्सालको अछामसहितका जिल्लाहरुको अनुगमन रहेकाले मंगलसैनको अलपत्र परेको सभाहलबारे मन्त्रीज्युलाई समेत अनुगमन गराइ बजेट विनियोजन गराउने सांसद सङ्ग्रौलाको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.