एनपीएलमा आज दुई खेल, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

अत्तरिया  : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।

तीन खेल खेलेको विराटनगरले एक खेलमा मात्रै जित निकालेको छ। आज चौथो खेलमा मैदान उत्रँदा विराटनगर दोस्रो जितको खोजीमा हुनेछ। यता जनकपुरले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। जनकपुर आज लगातार तेस्रो जित निकाल्दै आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छ।

त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ। लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ।

अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ। त्यसैले आजका दुवै खेलले टोलीहरूको अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.