दीपावली उज्यालो,उमङ्ग,आपसी सद्भाव र एकताको प्रतीक : मुख्यमन्त्री भट्ट

अत्तरिया  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दीपावली उज्यालो, उमङ्ग, आपसी सद्भाव, भाइचारा र एकताको प्रतीक भएको बताएका छन् ।

शुभ दीपावली २०८३ को अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले दीपावलीले अन्धकारमाथि उज्यालो,असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने बताए ।

उनले विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वहरूले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी आत्मीयतालाई थप प्रगाढ बनाउँदै आएको बताएका छन ।

मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा भनेका छन ‘दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

उनले सुदूरपश्चिम प्रदेशको समृद्धि, विकास र समुन्नतिका लागि सबैलाई हातेमालो गर्दै अघि बढ्नसमेत आह्वान गरेका छन् । मुख्यमन्त्री भट्टले दीपावलीले हरेक घरपरिवारमा खुसी, शान्ति र समृद्धिको उज्यालो छर्न सकोस् भन्ने कामना पनि गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.