धनगढीमा कोरोना संक्रमितको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो। उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.