नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी

काठमाडौं : नेपाल मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा मिडफिल्डर सुजल श्रेष्ठको गोलमा नेपालले जित हात पारेको हो। नेपालले १०औं मिनेटमा सुजलको गोलले अग्रता लिएको थियो। त्यसलगत्तै १२औं मिनेटमा मौरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले शानदार बचाउ गरेका थिए।

खेलमा चार जना खेलाडीले रातो कार्ड पाएका थिए। ७१औं मिनेटमा नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोटलरले रातो कार्ड पाए भने ८०औं मिनेटमा मरिससका इमानुएल फलचन्दले रातोकार्ड पाए। त्यस्तै खेलाडीबीच हात हालाहाल भएपछि रेफ्री नवीन्द्र महर्जनले तीन खेलाडीलाई रातो कार्ड दिएका थिए। रातो कार्डका कारण दोस्रो हाफ केहीबेर तनावपूर्ण बनेको थियो। नेपालले पहिलो मैत्रीपूर्ण खेल पनि जितेको थियो। विमल घर्तिमगरको गोलमा नेपालले पहिलो खेल जितेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.