गोपाल हमालको चुनाव चिह्न आँप को दाना

धनगढी : कैलालीस्थित धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले चुनाव चिह्न आँप को दाना पाएका छन्। शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो।

स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा उम्मेदवारी दर्ता गराए थिए। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानको मेयर पदमा उम्मेदवारी दिएका उनले नगरवासीले जिताउनेमा विश्वस्त रहेको बताएका थिए।

२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुँदै दोस्रो भएका थिए। त्यतिबेला वडले १४३२४ मत पाएका थिए। हमालले ११५२७ मत पाएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.