विविध कार्यक्रम गरी उदयदेव सहकारीको स्थापना दिवस
अत्तरिया, २१ बैशाख : कञ्चनपुरको महेन्द्रनगरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवसमा विभिन्न सेवाकेन्द्रमा कार्यक्रम गरी सम्पन्न गरेको छ ।
संस्था को २४ औं स्थापना दिवस को अवसरमा विभिन्न शाखाहरूमा सिपमुलक कार्यक्रम आयोजना गरेसंगै संस्थाको शाखा (सेवा केन्द्र) कार्यालय अत्तरियामा समेत १ दिने मैन बत्ती तालिम प्रदान गरी सम्पन्न गरेको हो ।
संस्थाको स्थापना दिवस को अवसर पारी अत्तरिया सेवाकेन्द्र मा आयोजित उक्त मैन बत्ती तालिममा गोदावरी वडा नं –३ मालाखेती र वडा नं– ४ चुनेपानी गरी २५ जना महिलाहरुलाई उक्त तालिम प्रदान गरेको संस्था शाखा प्रमुख सुरेन्द्र ऐर ले बताए ।
अत्तरिया सेवाकेन्द्र मा रहेका संस्थामा आबद्ध भएका महिला सदस्य हरुलाई तालिम प्रदान गरी २४ औं स्थापना दिवस मनाएको अत्तरिया शाखाले जनाएको छ । अत्तरिया शाखा प्रमुख ऐरले उक्त तालिम मा महिलाहरुलाई आत्मनिर्भर बनाउन तथा रोजगारी मुलक सीप हासिल गर्न तालिम प्रदान गरिएको बताए ।
