कैलाली पुगेर ओलीले भनेः रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण छैन
धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको बताएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिकास्थित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
ओलीले भने, ‘यो कैलालीमा टीकापुर घटना भयो। सो घटनाले गर्दा यहाँका थारु नेताहरु अहिले पनि जेलमा छन्। तर, रेशम चौधरी र थारु नेताहरुलाई जेल हाल्नुपर्ने कुनै कारण छैन। सरकारले हुदै नभएको मुद्दा लगाएर थारु नेताहरुलाई थुनेर राखेको छ।’ टीकापुर घटनाका बेला घटनास्थलमा हुदै नभएका रेशम चौधरीलाइ मुद्दा लगाएर जेल हाल्न नहुने उनको दाबी छ। यस्तै ओलीले आफू सरकारमा रहेका बेला थारु कल्याणकारी समितिसँग ६ बुँदे सहमति समेत गरेको बताए। थारुका समस्या समाधानका लागि आफ्नो नेतृत्वको सरकारले सहमति गरेको उनले बताए।
‘मैले सहमति गरेकै हो। तर, सरकार नै रहेन। यो सरकारले सहमतिको प्रयास नै गरेन। उल्टै थुनेर राखेको छ।’ उनले भने।