कांग्रेसले कञ्चनपुरमा १२ कार्यकर्तालाई साधारण सदस्यबाटै निकाल्यो

कञ्चनपुर : नेपाली कांग्रेस कञ्चनपुरले १२ नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेर अनुशासन उल्लंघन गरेको भन्दै कांग्रेस १२ जनालाई पार्टीबाट निष्काशित गरेको हो। पार्टीबाट निष्कासित हुनेमा सहसचिव पुस्कल चौधरी (बेलौरी), श्रवण राना (पुनर्वास), लक्ष्मी मल्ल (भीमदत्त), शिवलाल राना (कृष्णपुर), उपेन्द्र मल्ल (कृष्णपुर), पानबहादुर ओड (पुनर्वास), पुष्पकमल पण्डित (बेलडाँडी) रहेका छन्।

यस्तै दोधारा–चाँदनी नगरपालिकाका चम्पा थापा, पार्वती थापामगर र मानसिंह साउद, भीमदत्त नगरपालिकाका कैलाश चन्द र रामचन्द्र बोहोरालाई पनि कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ।

स्थानीय तह निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दर्ता गर्ने र ती उम्मेदवारका प्रस्ताव, समर्थकलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ४ (१३) बमोजिम कारबाही गरिएको अनुशासन समिति संयोजक नाफुसिंह साउदले जानकारी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.