आरजुको आश्वासन : कांग्रेसलाई जिताउनुस्, ‘फ्रि’मा मलेसिया पठाउँछौँ

धनगढी : नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले धनगढीका स्थानीयलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाउने आश्वासन दिएकी छन् । शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आश्वासन दिएकी हुन् ।

सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’ उनले भनिन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौँ । कांग्रेसलाई जिताउनुस् । सबैलाई त हामी गर्न सक्दैनौँ । तर, दुःख पाएकाहरू एकरदुई जनालाई पढाउने प्रयास गर्छु । मलेसिया जान चाहने कोही भए मलाई कसैले कोटा दिन्छु भनेको छ । फ्रि भिसा र टिकटको व्यवस्था हुन्छ । ५र६ जनालाई पठाउँछौँ । सबैलाई हामी लग्न सक्दैनौँ ।’

यस्तै, उनले आफू प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हारे पनि केही फरक नपरेको बताइन् । एमाले सांसदले जितेर पनि यहाँ केही गर्न नसकेको उनको दाबी छ । कांग्रेसले नै धनगढीमा बाटोघाटो, पुल पुलेसा र अस्पताल बनाएको उनले बताइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.