गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्न कांग्रेस नेतृ आरजु राणाको आग्रह

धनगढी : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा .आरजु राणा देउवाले गठबन्धनका उम्मेदवारलाई नै मतदान गर्न धनगढीवासीसँग आग्रह गरेकी छन्। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।

धनगढीमा उपप्रमुख माओवादी केन्द्रलाई दिएर असन्तुष्ट रहेका कांग्रेस कार्यकर्ताहरूलाई लक्षित गर्दै उनले नाटक छाडेर गठबन्धनमै मतदान गर्न आग्रह गरिन्। ‘कति जना भन्छन् रे, मेरो हातले हँसिया हतौडामा भोट कसरी हाल्ने ? मेरो हात काँप्छ,’ उनले भनिन्,‘त्यस्ता ड्रामाको कुरा नगरौँ। यही सहरमा मलाई नहालेर सूर्यमा भोट हालेर मलाई हराएका मान्छेहरू पनि यही सहरका हुन्।

त्यो बेलामा त यस्तो ड्रामा गरेका थिएनन्। अहिले किन गर्ने ?’ कांग्रेस कार्यकर्ताहरूले नै सूर्यमा भोट हालेर आफू पराजित भएको उनको भनाइ थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.