धनगढी पुगे प्रधानमन्त्री देउवा

धनगढी : नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको धनगढीमा पुगेका छन्। आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत उनी धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा झरेका हुन् ।

उनी त्यसपछि धनगढीमा रहेको आफ्नो निवास गएका थिए । सोमबार धनगढीमा आयोजना हुन लागेको वृहत चुनावी सभामा सम्बोधन गर्न उनी धनगढी आएका हुन्। सोमबार धनगढीको भेलालाई सम्बोधन गरेपछि उनी डडेल्धुराका लागि हिँड्ने तालिका तय भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.