कांग्रेसलाई जिताउनु, डडेल्धुरामा सुदूरपश्चिमको राजधानी ल्याउँछु : देउवा

अत्तरिया : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी डडेल्धुरा ल्याउन सकिने बताएका छन्।

डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै देउवाले कांग्रेसका सबै उम्मेदवारलाई जिताए संरचना बनाएर राजधानी डडेल्धुरा ल्याएर छोड्ने बताएका हुन्। ‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोली पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने।

डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उनले बताए। अहिले त्यहाँको प्रदेश राजधानी धनगढीमा छ। देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै उनले अरुले विकासको गफ मात्रै गर्ने गरेको उनले उल्लेख गरे। देशको विकास गर्ने पार्टी भनेको कांग्रेस मात्रै हो, अरुले विकास गफ गर्छन् तर कहीँ गर्दैनन्, महाकाली, पञ्चेश्वर ल्याएर छोड्छु’, उनले भने, ‘खै पश्चिम सेती भनेर झुट बोलेर हुन्छ। ख्याल ठट्टा हो यो।’

पश्चिम सेतीका लागि भारतसँग कुरा भइरहेको बताउँदै उनले छिटै सम्झौता हुने पनि बताए। ‘अब मोदीजी लुम्बिनी आउँदै हुनुहुन्छ, त्यही बेला यसै वर्ष सम्झौता गर्ने भनेका छौँ,’ उनले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.