धनगढीका लागि उडेको जहाजको इञ्जिनमा समस्या काठमाडौं फर्केर आकस्मिक अवतरण

काठमाडौं : इञ्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट धनगढीको लागि उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।

८० जना यात्रुसहित धनगढी गएको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.