धनगढीका मतदान अधिकृत घाइते

धनगढी, २८ वैशाख : धनगढीका मतदान अधिकृत मोटरसाइकल दृर्घटनामा परेर घाइते भएका छन् । धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत दिजराज भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइ सकिएको निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.